काठमाडौ, आश्विन ६ -   मनसुनी वर्षा बढी भएकाले विद्युत् प्राधिकरणको एकमात्र 'ब्याक अप'  कुलेखानी आयोजनाको जलाशय (इन्द्र सरोवर) पूरै भरिएको छ । वर्षायाममा जम्मा  भएको पानीबाट पिक आवर (सबभन्दा बढी माग हुने समय) मा विद्युत् निकाल्न  मिल्ने मुलुकको एकमात्र जलाशययुक्त आयोजनाको जलाशय चार वर्षपछि पहिलोपटक  भरिएको हो । जलाशय भरिएकाले थप दुई घन्टा लोडसेडिङ घटाउन सक्ने क्षमता  बढेको छ ।   चरम विद्युत् माग हुने पिक आवरमा कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ वाट  बिजुली उत्पादन गर्न सकिन्छ । कुलेखानीको जलाशय इन्द्र सरोवरमा समुद्री  सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पानी जम्मा हुने क्षमता छ, जलाशय  बुधबारसम्म पूरै भरिइसकेको छ । सात किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको  इन्द्र सरोवरको सतहबाट पूर्ण क्षमता अर्थात् ५० मिटर उचाइसम्म पानी जम्मा  भएको हो ।   ऊर्जा सचिव एवं विद्युत् प्राधिकरणका अध्यक्ष बालानन्द पौडेलले कुलेखानीको  जलाशय भरिइसकेकाले थप पानी जम्मा गर्न ओभर फ्लो हुने दक्षिणी बाँध साइडमा  बालुवाको बोरा हाल्न आयोजनाका कर्मचारीलाई निर्देशन दिइसकेका छन् । यस  वर्षको मनसुन अझै जारी छ ।   प्राधिक...
 
Comments
Post a Comment